काठमाडौँ । धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरिएको छ । गृह मन्त्रालयले नियमित सरुवा दाबि गर्दै उनीहरु लाई मन्त्रालयमा तानेको हो । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।
Advertisement
धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई मन्त्रालयले पठाएको छ । दुवै जिल्लामा असोज १० गतेदेखि परेको अविरल वर्षा पछि ठुलो जनधनको क्षति भएको थियो ।