काठमाडौँ : बाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ ।
Advertisement
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीवारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म ५५ जना बेपत्ता भएका छन्।
१०१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ हजार ६६१ जनाभन्दा बढीको उद्धार गरिएको छ।
प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ।