दाङ । दाङको गढवा गाउँपालिकाले सूचना जारी गरी काटिसकेको धानबाली भित्राउन किसानलाई अनुरोध गरेको छ । काट्न बाँकी भएको भए तत्काल नकाट्न किसानहरुलाई जानकारी दिएको छ ।
Advertisement
मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते बेलुका ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १२ गतेसम्म मनसुन सक्रिय हुँदा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।
महाशाखाका मौसमविद्का अनुसार अरब सागर र बंगालको खाडीको जलवाष्पयुक्त वायु नेपालतर्फ आइरहेकाले देशभर वर्षाको सम्भावना छ । केही स्थानमा अति भारी वर्षासमेत हुने महाशाखाको प्रक्षेपण छ ।
