रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ फर्साचौर नजिक गुडिरहेको मोटरसाइकलमा आगलागी हुँदा चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार नगर प्रहरी जवान राजेन्द्र विकले चलाएको मोटरसाइकल उकालो चढ्ने क्रममा अचानक तातिएर आगलागी भएको हो।
घटनामा मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ भने विकका दुवै हात र खुट्टा पोलिएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।