त्रिवेणी गाउँपालिका हुँदै आउने सिम्रुतु खोलाले आज बिहान बगाउँदा मुसिकोट नगरपालिका ११ लहुँ निवासी ५८ वर्षीया बेगमाया परियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका ११ को स्याउलीबजारनेर खोला तर्ने क्रममा खोलाले बगाउँदा परियारको मृत्यु भएको हो । घरबाट सिम्रुतु जाने क्रममा परियारलाई खोलाले बगाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार मृतकको शव स्थानीय र प्रहरी मिलेर खोलाबाट निकालिएको छ । घटनास्थलमा प्रहरी पुगेर आवश्यक कानूनी प्रक्रिया सुरु गरेको छ ।