काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८१५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।