• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

आज ह्वात्तै बढ्यो सुनको मूल्य

उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

भोटेकोसी बाढीपछि पुनर्निर्माणमा ९ खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ३. भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

  • ४. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ५. बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

  • ६. रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

  • ७. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • ८. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

  • ९. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • १०. एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन


  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ ।

    Advertisement

    रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो ।

    २०८३ भदौ २३ गते दिउसो १:०० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ५७ पुगेको छ । प्राधिकरणका अनुसार बाढीमा बेपत्ता भइ मृत्यु भएकाहरूको सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेको छ ।

    चितवनमा ३ सय ६३ जनाको शव फेला परेको छ । अन्य प्रभावित जिल्लाहरूमध्ये नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । हालसम्म १०२ जना मृतकको मात्र सनाखत भई आफन्तले बुझिलिएको जानकारी दिइएको छ । सनाखत हुन बाँकी रहेका मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित डिएनए परीक्षणका लागि नमुना दिन प्राधिकरणले अनुरोध गरेको छ ।

    बाढीमा परी ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन रहेका छन् । यसमा रसुवा जिल्लाका मात्र २ हजार ८ सय ६० जना छन् । बेपत्ता हुनेहरूमा ५ सय ८७ जना विदेशी पर्यटक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी बल र ७३ जना सरकारी कर्मचारी समेत रहेका छन् ।

    प्राधिकरणले सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका वा पहिचान नभएका मृतकहरू समेत समावेश हुनसक्ने भएकाले तथ्यांक रुजु गर्ने कार्य भइरहेको जनाएको छ ।

    हालसम्म १३ हजार ५ सय ८३ जनाको सफल उद्धार गरिएको छ । घाइते भएका ६ हजार ८ सय २७ जनामध्ये विभिन्न अस्पतालमा ३ सय २७ जनाको उपचार भइरहेको छ भने २ हजार ४ सय २० जना उपचारपश्चात् डिस्चार्ज भएका छन् । नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्ना संयन्त्रमार्फत ६ हजार ५ सय भन्दा बढी घाइतेको उपचार गरेका छन् । विस्थापितहरूका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ, जहाँ ३ हजार ५ सय ३३ जना आश्रित छन् ।

    उद्धार र राहत कार्यका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । उद्धार कार्यका लागि नेपाली सेना, निजी क्षेत्र र सशस्त्र प्रहरीका हेलिकप्टरहरूले १ हजार ४ सय भन्दा बढी पटक उडान भरेका छन् ।

    सरकारले राहत वितरण प्रक्रियालाई पनि तीव्रता दिएको छ । रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । यसका अतिरिक्त प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । खाद्यान्न र गैर–खाद्य सामग्री ढुवानीका लागि हेलिकप्टर र ट्रकहरूको प्रयोग भइरहेको छ ।

    पूर्वाधारतर्फ धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्रभावित क्षेत्रमा इन्धनको मौज्दात सुनिश्चित गरिएको र ४ सय ५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको प्राधिकरणले जनाएको छ ।

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै
    एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा
    आज ह्वात्तै बढ्यो सुनको मूल्य
    उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार
    यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा
    एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ३.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ४.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ५.
      बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    • ६.
      रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

    भर्खरै

    • १.
      रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

    • ४.
      आज ह्वात्तै बढ्यो सुनको मूल्य

    • ५.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ६.
      यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

    • ७.
      एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

    • ८.
      अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.