• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कांग्रेस महाधिवेशनस्थलमा सुरक्षा कडाइ, पत्रकारलाई प्रवेशमा रोक

हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की

न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

एनपिएलको तयारी अन्तिम चरणमा

राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

लोकप्रिय समाचार

  • १. भू–राजनीतिमा नेपालको भूमिका

  • २. प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

  • ३. काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

  • ४. बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

  • ५. बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

  • ६. काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

  • ७. राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

  • ८. दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

  • ९. आठबिसकोटमा वास सुशासन तथा खानेपानी सुरक्षा योजना सम्बन्धी कार्यशाला सम्पन्न

  • १०. सानीभेरीमा बाढीको बितण्डा : एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन


  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ ।

    Advertisement

    रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो ।

    २०८३ भदौ २३ गते दिउसो १:०० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ५७ पुगेको छ । प्राधिकरणका अनुसार बाढीमा बेपत्ता भइ मृत्यु भएकाहरूको सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेको छ ।

    चितवनमा ३ सय ६३ जनाको शव फेला परेको छ । अन्य प्रभावित जिल्लाहरूमध्ये नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । हालसम्म १०२ जना मृतकको मात्र सनाखत भई आफन्तले बुझिलिएको जानकारी दिइएको छ । सनाखत हुन बाँकी रहेका मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित डिएनए परीक्षणका लागि नमुना दिन प्राधिकरणले अनुरोध गरेको छ ।

    बाढीमा परी ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन रहेका छन् । यसमा रसुवा जिल्लाका मात्र २ हजार ८ सय ६० जना छन् । बेपत्ता हुनेहरूमा ५ सय ८७ जना विदेशी पर्यटक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी बल र ७३ जना सरकारी कर्मचारी समेत रहेका छन् ।

    प्राधिकरणले सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका वा पहिचान नभएका मृतकहरू समेत समावेश हुनसक्ने भएकाले तथ्यांक रुजु गर्ने कार्य भइरहेको जनाएको छ ।

    हालसम्म १३ हजार ५ सय ८३ जनाको सफल उद्धार गरिएको छ । घाइते भएका ६ हजार ८ सय २७ जनामध्ये विभिन्न अस्पतालमा ३ सय २७ जनाको उपचार भइरहेको छ भने २ हजार ४ सय २० जना उपचारपश्चात् डिस्चार्ज भएका छन् । नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्ना संयन्त्रमार्फत ६ हजार ५ सय भन्दा बढी घाइतेको उपचार गरेका छन् । विस्थापितहरूका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ, जहाँ ३ हजार ५ सय ३३ जना आश्रित छन् ।

    उद्धार र राहत कार्यका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । उद्धार कार्यका लागि नेपाली सेना, निजी क्षेत्र र सशस्त्र प्रहरीका हेलिकप्टरहरूले १ हजार ४ सय भन्दा बढी पटक उडान भरेका छन् ।

    सरकारले राहत वितरण प्रक्रियालाई पनि तीव्रता दिएको छ । रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । यसका अतिरिक्त प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । खाद्यान्न र गैर–खाद्य सामग्री ढुवानीका लागि हेलिकप्टर र ट्रकहरूको प्रयोग भइरहेको छ ।

    पूर्वाधारतर्फ धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्रभावित क्षेत्रमा इन्धनको मौज्दात सुनिश्चित गरिएको र ४ सय ५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको प्राधिकरणले जनाएको छ ।

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस महाधिवेशनस्थलमा सुरक्षा कडाइ, पत्रकारलाई प्रवेशमा रोक
    हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की
    न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ
    सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश
    कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
    एनपिएलको तयारी अन्तिम चरणमा

    लोकप्रिय

    • १.
      भू–राजनीतिमा नेपालको भूमिका

    • २.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    • ३.
      काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

    • ४.
      बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

    • ५.
      बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

    • ६.
      काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

    भर्खरै

    • १.
      कांग्रेस महाधिवेशनस्थलमा सुरक्षा कडाइ, पत्रकारलाई प्रवेशमा रोक

    • २.
      हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की

    • ३.
      न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

    • ४.
      सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

    • ५.
      कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

    • ६.
      एनपिएलको तयारी अन्तिम चरणमा

    • ७.
      राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

    • ८.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.