• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

भोटेकोसी बाढीपछि पुनर्निर्माणमा ९ खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान

विदुर नगरपालिकाले बाढी प्रभावितलाई प्रतिपरिवार १० हजार भाडा उपलब्ध गराउने

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढ्यो

आज घट्यो सुनको मूल्य

आजदेखि मुग्लिन-नारायणघाट सडक दैनिक १० घण्टा बन्द हुने

आज यी ठाउँमा हुनेछ भारी वर्षा

अन्नपूर्णको पहिलो जित

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ४. नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

  • ५. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ६. निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

  • ७. चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

  • ८. कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

  • ९. बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

  • १०. रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

विदुर नगरपालिकाले बाढी प्रभावितलाई प्रतिपरिवार १० हजार भाडा उपलब्ध गराउने


  •   सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
  • भोटेकोशी बाढीबाट प्रभावित भएकालाई विदुर नगरपालिकाले कोठा भाडा बापत रकम उपलब्ध गराउने भएको छ ।

    Advertisement

    आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीहरुलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडाबापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

    नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावितलाई बस्न प्रतिपरिवार रु १० हजार कोठा भाडाबापत नगद उपलब्ध गराउने निर्णय गरेको हो । बाढी प्रभावितलाई ‘होल्डिङ सेन्टर’ को बसाइ छोट्याउन तथा यहाँबाट विस्थापित भएर अन्यत्र जान बाध्य भएकालाई पुन:स्थापनामा प्रोत्साहन गर्दै कोठा भाडा लिएर बस्न अनुरोधसहित त्यसबापत प्रति परिवार रु दश हजार नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको हो ।

    नगरप्रमुख श्रेष्ठको अनुसार घर भाडा रकम उपलब्ध गराउने र परिवारको लागी आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भान्साको लागी चाहिने भाडा वर्तन, दैनिक प्रयोगका सरसफाइ लगायतका सामग्री राहत स्वरुप समेत उपलब्ध गराउने निर्णय भएको छ ।

    कोठा भाडामा लिँदा वा दिँदा कोही कसैले प्रचलित चलनचल्तीको भाडादर भन्दाबढी नलिन अनुरोध गर्दै यदि लिएको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने समेत नगर कार्यपालिकाको बैठकले चेतावनी दिएको छ ।

    बाढीबाट प्रभावित भएको करिब दुई साता हुन लागेको भन्दै अब दीर्घकालीन पुन:उत्थानतर्फ अघि बढ्नुपर्ने समय भएकाले तीनै तहको सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र दाताहरूको सहकार्यमा अस्थायी आवास निर्माणमा नगरपालिकाले जोड दिने उल्लेख छ ।

    “बाढीले प्रभावित भएर घरमा क्षति भएकाले सोही स्थानमा नयाँ आवास निर्माणको लागी तत्कालै सम्भव हुने अवस्था छैन ।” बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख श्रेष्ठले भने, “विपद् पश्चात् तत्कालका लागि उपलब्ध गराउने राहतको सट्टा दिगो रूपमा उपभोग गर्न सकिने उपभोगका सामग्री र आवासीय प्रयोजनसँग सम्बन्धित सहयोग जुटाउनुपर्दछ ।”

    बैठकले विदुर नगरपालिकाभित्र सञ्चालित ‘होल्डिङ सेन्टर’मा बाढीबाट प्रभावित अन्य जिल्ला तथा पालिकाको नागरिकलाई सम्बन्धित जिल्ला तथा पालिकालाई नै व्यवस्थापनको प्रबन्ध मिलाउन आग्रह गर्ने निर्णय भएको छ । विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा बसोबास गरिरहेका मध्ये करिब आधा सङ्ख्या अन्य जिल्ला वा पालिकाको रहेको पाइएकाले सम्बन्धित पालिका तथा जिल्लाले व्यवस्थापनमा सहजीकरण गरेर होल्डिङ सेन्टरको बसाइ हटाइ स्थायी बसोबासको प्रबन्धतर्फ विदुर नगरपालिका अघि बढ्ने लक्ष्य लिएको छ ।

    भदौ २४ देखि पठनपाठन सञ्चालन गर्ने
    विदुर नगरभित्र बाढी पश्चात् प्रभावित भएको विद्यालयको पठनपाठन यही भदौ २४ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय भएको छ ।

    नगर कार्यपालिका बैठकले अस्थायी आवास केन्द्र सञ्चालन भएका र पूर्ण क्षति भएका विद्यालयबाहेक बाँकी विद्यालय भदौ २४ देखि नियमित सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बाढी गएको दिनदेखि रोकिएका विद्यालयको पढाइ सञ्चालन गराइ विद्यार्थीलाई आफूलाई पायक पर्ने जुनसुकै विद्यालयमा पढ्न जान पाउने उल्लेख गरिएको छ । त्यसलाई सहज बनाउन विद्यालय पोसाक पनि आवश्यक नपर्ने निर्णयमा भनिएको छ ।

    बाढीको कारण विद्यालयको सम्पूर्ण संरचना क्षति पुगेको मध्ये विदुर नगरपालिका–१ त्रिशूलीमा सञ्चालित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई वडा नं ९ बाट सञ्चालन गरिने भएको छ । बाढीले सम्पूर्ण संरचना क्षति पुगेको त्रिभुवन त्रिशूली माविका एक हजार ५० भन्दा बढी विद्यार्थीको अस्थायी सिकाइ केन्द्र सञ्चालन गराउन वडा नं ९ स्थित सहरी विकास तथा भवन कार्यालयसहितको जग्गा र जिल्ला विकास समितिको कार्यालयसहितको जग्गा प्रयोग गर्न नगरपालिकाले सहमति दिएको छ ।

    सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित
    अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’
    भोटेकोसी बाढीपछि पुनर्निर्माणमा ९ खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान
    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढ्यो
    आज घट्यो सुनको मूल्य
    आजदेखि मुग्लिन-नारायणघाट सडक दैनिक १० घण्टा बन्द हुने

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ४.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ५.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ६.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    भर्खरै

    • १.
      एनभिएल : अन्नपूर्णलाई दोश्रो सफलता, कर्णाली अपराजित

    • २.
      अन्तर्राष्ट्रिय सुरुङ उद्धारविज्ञ आर्नोल्ड डिक्सले भने : ‘नेपालमा जारी उद्धार अभियान मेरो जीवनकै कठिन परीक्षा’

    • ३.
      भोटेकोसी बाढीपछि पुनर्निर्माणमा ९ खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान

    • ४.
      विदुर नगरपालिकाले बाढी प्रभावितलाई प्रतिपरिवार १० हजार भाडा उपलब्ध गराउने

    • ५.
      पृथ्वी राजमार्ग अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढ्यो

    • ६.
      आज घट्यो सुनको मूल्य

    • ७.
      आजदेखि मुग्लिन-नारायणघाट सडक दैनिक १० घण्टा बन्द हुने

    • ८.
      आज यी ठाउँमा हुनेछ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.