काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हल, त्रिपुरेश्वरमा हुने खेलमा देशका विभिन्न टोलीले प्रतिस्पर्धा गर्नेछन्।
आजको पहिलो खेलमा अन्नपूर्णा -काठमाडौं रेड्स आमनेसामने हुनेछन्। खेल बेलुका ४ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै लिगमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा मैदान उत्रनेछन्।
त्यस्तै, दोस्रो खेलमा कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बेलुका ७ बजे सुरु हुनेछ। कर्णाली र खप्तड बीचको खेललाई पनि निकै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ।
एनभीएलका खेलले नेपाली भलिबलप्रति दर्शकको आकर्षण बढाउँदै लगेको छ। आज हुने दुवै खेलमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्नेछन।