काठमाडौं । सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्यतिथिका दिन राष्ट्रिय शोकको घोषणासहित सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।