राप्रपा काठमाडौँ निर्वाचन क्षेत्र नं १ का अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्व तथा पूर्व गृहमन्त्री एवं वरिष्ठ नेता बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
अधिवेशनले क्षेत्रीय अध्यक्षमा विनोद दवाडी, प्रदेशसभा ‘क’ अध्यक्षमा मनोज वज्राचार्य र प्रदेशसभा ‘ख’ अध्यक्षमा भिमसेन पुरीको नेतृत्वमा सम्बन्धित कार्यसमितिहरू निर्विरोध निर्वाचित गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि बुद्धिमान तामाङ, राप्रपा काठमाडौँ महानगरपालिका अध्यक्ष दीपक रञ्जित, नवनिर्वाचित क्षेत्रीय अध्यक्ष विनोद दवाडी, प्रदेशसभा ‘क’ अध्यक्ष मनोज वज्राचार्य र प्रदेशसभा ‘ख’ अध्यक्ष भिमसेन पुरीले आ-आफ्नो धारणा राख्नुभएको थियो।
साथै केन्द्रीय सदस्य नविन शाही लगायत उहाँहरूले पार्टीको साङ्गठनिक सुदृढीकरण, भावी कार्यदिशा र आगामी महाधिवेशनको तयारीबारे जोड दिँदै शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तामाङले निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै औपचारिक प्रमाणपत्र वितरण गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन राप्रपाका केन्द्रीय सह-कोषाध्यक्ष शोभित उप्रेतीले गर्नुभएको थियो। कार्यक्रममा क्षेत्रीय महासचिव जयन्त खनाल लगायत स्थानीय तथा केन्द्रीय नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।