जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले जिल्लाको नलगाड नगरपालिकामा ठुलो क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएरातिदेखि परेको अविरल वर्षा पछि आएको बाढीका कारण भेरी करिडोर अन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नलगाड नगरपालिका वडा नं. १० स्थित तासुघाट खोलामा आएको बाढीले चार वटा घरहरु र झोलुङ्गे पुल समेत बगाएको प्रहरीले जनाएको छ । घर बगाए पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले नताएको छ ।