रुकुम पश्चिमको सानीभेरी नदीमा एक व्यक्ति वेपत्ता भएका छन् । सानीभेरी गाउँपालिका वडा नम्बर २ गिठाकोट स्थित सानीभेरी नदीमा दाउरा निकाल्न गएका सानीभेरी १ का २८ वर्षीय प्रेम रोकाय नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज बिहान करिब साढे १० बजेको समयमा गिठाकोट स्थित सानीभेरी नदिको किनारामा दाउँरा निकाल्ने क्रममा वडा नम्बर १ टाउँकेलेखका रोकाय नदीमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। उनको खोजी कार्य भैरहेको जनाइएको छ।