काठमाडौँ । विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसक्रममा भएको मृत्युको जिम्मेवारी लिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद गोपाल शर्माले सुनसरी घटनालाई लिएर गृहमन्त्रीको कडा आलोचना गरे ।
सदनमा विशेष समय लिएर बोल्दै सांसद शर्माले सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको बताए ।
सो घटनामा ओमप्रकाश मेहताको ज्यान गएको र दर्जनौँ घाइते भएको भन्दै उनले यस्तो संवेदनशील घडीमा पनि सरकार गम्भीर नभएको आरोप लगाए । त्यस्तै शर्माले प्रधानमन्त्री बालेन शाह लाई यत्रो ठुलो घटना हुँदा पनि प्रधानमन्त्री कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, न सदनलाई जानकारी छ न देशलाई,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा राज्य संवेदनशील हुनुपर्छ भन्नुहुन्थ्यो, तर आज आफ्नै कार्यकालमा भएको घटनामा उहाँहरू मौन हुनुहुन्छ ।
’गृहमन्त्रीले दिएको ‘मन्त्रालय लैजाऊ’ भन्ने अभिव्यक्ति अराजक भएको टिप्पणी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरे ।
‘गृहमन्त्रीले यो घटनाको जिम्मेवारी लिनुहुन्छ कि अरूलाई दिनुहुन्छ,’ शर्माले प्रश्न गर्दै भने, ‘उहाँ सार्वजनिक रूपमा भन्दै हिँड्नुहुन्छ– कसैलाई यो गृह मन्त्रालय चाहिएको छ भने लैजाऊ ।के नेतृत्व भनेको जिम्मेवारीबाट भाग्ने हो ? राज्य अभिभावक बन्नुपर्छ कि पर्दैन ?’