सुनसरीको देवानगञ्ज गाँउपालिका- ३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु भएको छ ।
आइतबार राति गोली लागेर ३० वर्षीय स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको बताएकी पालिका उपाध्यक्ष कुमारी विभा यादवले सोमबार करिब १२ बजे गम्भीर घाइते भएका ओम मेहताकोसमेत उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका मेहताको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।