काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार भने सुनको मूल्य तोलामा दुई लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ४४५ कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार भने चाँदी तोलामा चार हजार ४१० रुपैयाँमा कायम भएको थियो ।