• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बाढी र पहिरोले दर्जनबढी मुख्य सडक अवरुद्ध

सामान्य फोन विवादमा खुकुरी र छुरीसहित आक्रमण प्रयास गर्ने चार युवक पक्राउ

सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

गृहमन्त्रीबारे भ्रामक भिडियो बनाएको आरोप, मीनकुमार गुरुङ प्रहरीको फरार सूचीमा

आइफोनको लोभमा आफ्नै साथिको हत्या,४ जना पक्राउ

कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

आज यी प्रदेशमा भारी वर्षा हुने,सतर्क रहन आग्रह

लोकप्रिय समाचार

  • १. कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

  • २. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • ३. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ४. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ५. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ६. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ७. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

  • ८. कपडा व्यवसायीले आफ्नै घरबाट हामफालेर गरे आत्महत्या

  • ९. कर्णालीमा एमाले लाई झड्का : नेकपाले सरकार विरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने

  • १०. तपाई जागिरको खोजिमा हुनुहुन्छ ? अब बाँदर हेरेरै कमाउनुस् महिनाको १२ हजार ५००

बाढी र पहिरोले दर्जनबढी मुख्य सडक अवरुद्ध


  •   सोमबार, साउन ११, २०८३ मा प्रकाशित
  • लगातारको वर्षापछि आएको पहिरो, लेदो र नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरीले केही सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमन रोकिएको तथा केही सडकमा रातिको समयमा मात्र सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

    Advertisement

    प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ ।

    त्यस्तै मकवानपुरको कान्तिलोकपथमा वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    यसैबीच, विभिन्न जिल्लामा पहिरो र नदी कटानका कारण प्रमुख सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार इलामको मेची राजमार्गमा इलाम नगरपालिका-९ राजदुवाली क्षेत्रमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाइएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्गमा भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नम्बर २ कोदारी क्षेत्रमा माथिबाट पहिरो, ढुङ्गा र लेदो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

    दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी गाउँपालिका–५ किर्नेटार क्षेत्रमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

    रसुवाको पासाङ ल्हामु सडकखण्डमा उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ ।

    मुगुको नाग्म-गमगडी सडकखण्डमा छायाँनाथ रारा नगरपालिका–७ झ्यारी खोलानजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ । रोल्पाको शहीद राजमार्गअन्तर्गत परिवर्तन गाउँपालिका–१ खोलावाङ क्षेत्रमा सुख्खा पहिरो खस्दा यातायात ठप्प भएको छ।

    पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा लेदो, माटो र ढुङ्गासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा रघुगंगा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर क्षेत्रमा पहिरो खसेपछि यातायात सञ्चालन हुन सकेको छैन ।

    यसैगरी काभ्रेपलाञ्चोकको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–८ गिम्दीबेँसी र वडा नम्बर ९ पिन्थली क्षेत्रमा लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ललितपुरको कान्तिलोकपथमा बागमती गाउँपालिका–३ पाङ्दुर क्षेत्रमा पहिरो खसेपछि सडक बन्द भएको छ । त्यस्तै लमजुङको बेँसीसहर–चामे–मनाङ सडकखण्डमा मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौर क्षेत्रमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    प्रहरीले वर्षाका कारण पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले अत्यावश्यकबाहेक जोखिमपूर्ण सडकमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    सोमबार, साउन ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सामान्य फोन विवादमा खुकुरी र छुरीसहित आक्रमण प्रयास गर्ने चार युवक पक्राउ
    सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    गृहमन्त्रीबारे भ्रामक भिडियो बनाएको आरोप, मीनकुमार गुरुङ प्रहरीको फरार सूचीमा
    आइफोनको लोभमा आफ्नै साथिको हत्या,४ जना पक्राउ
    कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का
    अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

    लोकप्रिय

    • १.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • २.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • ३.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ४.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    • ५.
      राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

    • ६.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    भर्खरै

    • १.
      बाढी र पहिरोले दर्जनबढी मुख्य सडक अवरुद्ध

    • २.
      सामान्य फोन विवादमा खुकुरी र छुरीसहित आक्रमण प्रयास गर्ने चार युवक पक्राउ

    • ३.
      सुनसरीका ५ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    • ४.
      गृहमन्त्रीबारे भ्रामक भिडियो बनाएको आरोप, मीनकुमार गुरुङ प्रहरीको फरार सूचीमा

    • ५.
      आइफोनको लोभमा आफ्नै साथिको हत्या,४ जना पक्राउ

    • ६.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • ७.
      अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भयो: ज्ञानेन्‍द्र शाही

    • ८.
      आदिकविको सालिक तोडफोड गरेको आरोपमा कुँवर पक्राउ

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.