काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द बन्द भएका छन् । अत्याधिक वर्षा हुँदा पहिरोको जोखिम बढेको भन्दै काठमाडौँबाट बाहिरिने सबै नाका बन्द गरिएका हुन् ।
अहिले नाकामा पुगेका सवारी साधनहरु नाकामै र बसपार्क वा अन्य क्षेत्रमा रहेका सवारी साधन सवारी साधन भएकै ठाउँमा होल्ड गरिएका छन् ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द बन्द भएका छन् ।पहिरोको जोखिम बढेपछि नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दूरीका सवारी साधन होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ । नागढुंगा-मुग्लिन-नारायणगढ र बीपी राजमार्गमा विभिन्न ठाउँमा लेदोसहितको पहिलो गएपछि राजमार्ग नै बन्द गरिएका छन् ।
त्यस्तै, ट्राफिक प्रहरीले अत्याधिक वर्षाका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै यात्रा गर्दा सतर्कता अपनाउन पनि अपिल गरेको छ ।