काठमाडौँ। सोमबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९ सय रुपैयाँले घटेर दुई लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
HIGHLIGHTSआज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ४५ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।