साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले घटेर दुई लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।