काठमाडौं । स्थानीय बजारमा आइतबार (जेठ ३१) पहेँलो धातु (सुन)को मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुनको मोल तोलाको दुई लाख ९३ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार (जेठ २९) छापावाल सुन प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको चार हजार ८९५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस