जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम भाग)ले राहदानी सेवा अब हुलाक मार्फत घरदैलोमै पुर्याउन थालिएको छ।
उक्त सेवा अन्तर्गत पहिलो सेवाग्राही झुपलाल खड्का लाई राहदानी शाखा प्रमुख रुपलाल घर्तिले राहदानी बुझाएको हस्तान्तरण गरेका हुन्।
यस सेवाले नागरिकलाई राहदानी प्राप्त गर्न सदरमुकाम धाउनुपर्ने झन्झट कम हुने तथा सेवा प्रवाहलाई थप सहज, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।