निशानराज गौतम रुकुम पश्चिमको नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) का रूपमा आएका छन्। यसअघि कार्यरत दिनेश प्रसाद थानी को गृह मन्त्रालयमा सरुवा भएपछि गौतमलाई गृह मन्त्रालयले रुकुम पश्चिममा पठाएको हो।
नयाँ सीडीओ गौतमले जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र प्रशासनिक कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्लाका सरोकारवालाले पनि नयाँ प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेका छन्।
जाजरकोट भुकम्प गएको लामो समय बितिसक्दा पनि प्रमुख जिल्ला अधिकारी दिनेश थानीका कारण पुननिर्माण हुन नसकेको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तिव्र रुपमा आलोचना गर्दै आएका छन् थिए।
गत भदौ मा रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका थानीको गैर जिम्मेवारीका कारण भुकम्प पछिको पुन निर्माणमा ढिलाई भएको भन्दै स्थानीय तहहरुले उनको सरुवा गर्न गृह मन्त्रालयमा समेत पत्र पठाएका थिए। उनलाई गृह मन्त्रालयमै तानिएको बताईएको छ। बैठकमै थानी लाई जनप्रतिनिधिहरुले बहिष्कार समेत गर्ने गरेका थिए।