काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो ११ बजे बस्नेछ।
आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।
हिजो प्रधानमन्त्री बालेन शाह सदनमा नआएपछी विपक्षीले सदन अवरुद्ध गर्दा बैठक अवरुद्ध भएको थियो । स्रोतका अनुसार आज पनि बालेन शाह बैठकमा उपस्थित नहुने बुझिएको छ ।