काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला दुई हजार ७०० र चाँदी ५० रूपैयाँले बढेको हो।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९९५ कायम भएको छ। गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ९४५ मा कारोबार भएको थियो।
।