काठमाडौं ।गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।
उनले २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक निर्वाह गर्दै आएको जानकारी गराउँदै पछिल्ला दिनहरूमा नागरिकस्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मध्यनजर गर्दै पदबाट राजीनामा दिएको बताएका छन् ।
उनले भनेका छन्, ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनीहरुको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो ।’