नेपाली काग्रेस रुकुम पश्चिमले आजबाट जरा अभियान कार्यक्रम सुरु गरेको छ । जिल्ला पार्टी कार्यालय मुसिकोट १ मुसिकोट स्थित पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गर्दै “जरा देखि सुधार, काङ्ग्रेसको नयाँ बिचार, पारर्शिता, उत्तरदायित्व– जरा अभियान भन्ने मुल नारा सहित रुकुम पश्चिममा नेपाली काग्रेसले जरा अभियान कार्यक्रम सुरु गरेको हो ।
रुकुम पश्चिमका ७३ वटा वडामा जिल्लाबाट प्रतिनिधि खटाइने र वडामा खटिने प्रतिनिधिहरुलाई वैशाख १२ गते १ दिने अभिमुखिकरण तालिम संचालन गरीने पार्टीले जनाएको छ ।
जरा अभियानका लागि रुकुम पश्चिमका केन्द्रिय प्रतिनिधि महेन्द्रबहादुर शाहले पार्टीलाई बलियो र सढृढ बनाउन देशैभर पार्टीले सुरु गरेको जरा अभियान अन्तर्गत रुकुम पश्चिममा पनि कार्यक्रमको शुभारम्भ गरेको बताए। उनले भने काङ्ग्रेस सढृढ बनाउन अभियानका लागि
तालिम दिईने र त्यस पश्चात वडामा खटिने प्रतिनिधिहरुले सदस्यता अद्ययावधिक लगायतका काम काम गर्ने जानकारी दिए ।
नेपाली काग्रेसले जिल्ला अधिवेश भदौ २४ गते, प्रदेश अधिवेशन असोज ७ र ८ गते र १५ औँ केन्द्रिय महाधिवेसन १६, १७, १८ र १९ गते काठमाडौमा गर्दै छ ।