• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

विवादमा तानिएका श्रममन्त्री दीपककुमार साह १४ दिनमै पदमुक्त

दरबन्दी जुम्लामा, कामकाज सिंहदरबारमा

लोकप्रिय समाचार

  • १. मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

  • २. कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

  • ३. काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

  • ४. कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

  • ५. गुण्डागर्दीको आरोपमा सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ

  • ६. सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

  • ७. पोखराको फेवाताल मिचेर बनाइएका संरचना माथि चल्यो डोजर

  • ८. नेपाल टेलिकमको सेवामा सुधार: डाटा सकिँदा स्वतः पैसा नकाटिने

  • ९. त्रिभुवन विमानस्थल बाट १८ जना पक्राउ

  • १०. प्रतिनिधि सभाको बैठक बस्दै

जन्मिएको ५ महिना नपुग्दै छिन्नभिन्न अवस्थामा प्रलोपा

  •   बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
  • अध्यक्ष परिषद्मा ५ सदस्य रहने व्यवस्था गर्दै ७ मंसिरमा घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ५ महिना नपुग्दै धरमराएको छ । २१ फागुनको चुनावमा नेताहरूले एकलौटी निर्णय गर्दै हिँडेपछि पार्टी नीति र राजनीतिक चरित्र माथि नै गम्भीर प्रश्न उठेको नेताहरूले गुनासो गरेका छन् ।

    Advertisement

    उक्त दलमा दुर्गा सोब, सुदन किराँती, सन्तोष परियार, ओजस्वी भट्टराई र सुरेन्द्रप्रसाद जयसवाल गरी ५ सदस्य अध्यक्ष परिषद्का सदस्यहरू थिए । उनीहरूबीच वैचारिक मतभेद हुँदा अहिले किराँती, भट्टराई र सोबले जिम्मेवारीबाट हटाउन माग गर्दै राजीनामा पठाएका छन् । किराँतीले फागुन अन्तिम साता पठाएको राजीनामा स्वीकृत गरी पाउँ भन्दै अध्यक्ष परिषद्मा पुनः पत्र पठाए पनि उक्त कुरा अनिर्णीत बनेको छ । ५ सदस्यीय अध्यक्ष मण्डलमै मतभेद देखिएपछि पार्टीको बाँकी भविष्य पनि अन्योलग्रस्त बनेको एक केन्द्रीय सदस्यले शिलापत्रलाई जानकारी दिए ।

    यसरी जन्मिएको थियो प्रलोपा

    जेन–जी आन्दोलन लगत्तै ३१ भदौमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै १६ बुँदे प्रस्ताव राखे । शर्माले राखेको उक्त प्रस्तावमा दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटाहरू उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउन बाटो खोलेको उल्लेख थियो । उक्त प्रस्तावमा ४६ सालपछि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने पनि उल्लेख थियो ।

    उनीहरूबीच नोकझोँक भएको निकै लामो समय भइसकेको थियो । पार्टी भित्र चर्को मतभेद बल्झिँदै गएपछि अन्तः शर्माले पार्टी छाडे । १८ कात्तिकमा पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे, पूर्वसचिव राम कार्कीलगायत नेता–कार्यकर्तालाई छेउमा राख्दै ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरे । यो घोषणासँगै शर्माले प्रचण्डसँगको ४० वर्षे सम्बन्ध तोडेका थिए । २०४२ सालमा रुकुममा पहिलो पटक भेटेका शर्माले पछि दश वर्षे सशस्त्र युद्धका क्रममा प्रचण्ड सुप्रिम कमान्डरबन्दा ४ मध्ये एक डेपुटी कमान्डर सम्हालेका थिए । खुला राजनीतिमा आएपछि पनि निरन्तर एक अर्कालाई साथ दिएका उनीहरूबीच १८ कात्तिकमा फरक कोर्सको निर्माण भयो र त्यही दिन प्रलोपाको बीज रोपियो ।

    अलग्गै पार्टी निर्माणको बारेमा माओवादी पृष्ठभूमिका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरू सघन छलफलमा थिए । तर, भट्टराई भने यसअघि नै माओवादीबाट अलग भइसकेका थिए । उनको नेतृत्वमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) थियो । उनले समेत जेन–जी आन्दोलनपछिको माग भन्दै उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा पार्टी जिम्मा लगाए । कुनै पनि कार्यकारी भूमिकामा नरहने घोषणा नै गरे ।

    तर, जब ७ मंसिरमा प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त राखेर पार्टी खोलियो यसको चुनाव चिह्न आँखा राखिएको थियो । पार्टी दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता गरेर चुनावमा जाने तयारी समेत भयो । सोब बाबुराम नेतृत्वको दलमा थिइन् । माओवादीबाट आएका नेता किराँती र रास्वपाबाट आएका सन्तोष परियारसहितका नेताहरूलाई शीर्ष नेतृत्वमा राखेर १५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरियो, जसको अभिभावक बाबुराम भट्टराई, जनार्दन शर्मा बने । शर्मा केन्द्रीय सदस्यमा समेत बसे ।

    पार्टीमा फाटो आउनुका कारण
    A+AA-
    अध्यक्ष परिषद्मा ५ सदस्य रहने व्यवस्था गर्दै ७ मंसिरमा घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ५ महिना नपुग्दै धरमराएको छ । २१ फागुनको चुनावमा नेताहरूले एकलौटी निर्णय गर्दै हिँडेपछि पार्टी नीति र राजनीतिक चरित्र माथि नै गम्भीर प्रश्न उठेको नेताहरूले गुनासो गरेका छन् ।

    उक्त दलमा दुर्गा सोब, सुदन किराँती, सन्तोष परियार, ओजस्वी भट्टराई र सुरेन्द्रप्रसाद जयसवाल गरी ५ सदस्य अध्यक्ष परिषद्का सदस्यहरू थिए । उनीहरूबीच वैचारिक मतभेद हुँदा अहिले किराँती, भट्टराई र सोबले जिम्मेवारीबाट हटाउन माग गर्दै राजीनामा पठाएका छन् । किराँतीले फागुन अन्तिम साता पठाएको राजीनामा स्वीकृत गरी पाउँ भन्दै अध्यक्ष परिषद्मा पुनः पत्र पठाए पनि उक्त कुरा अनिर्णीत बनेको छ । ५ सदस्यीय अध्यक्ष मण्डलमै मतभेद देखिएपछि पार्टीको बाँकी भविष्य पनि अन्योलग्रस्त बनेको एक केन्द्रीय सदस्यले शिलापत्रलाई जानकारी दिए ।

    यसरी जन्मिएको थियो प्रलोपा

    जेन–जी आन्दोलन लगत्तै ३१ भदौमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै १६ बुँदे प्रस्ताव राखे । शर्माले राखेको उक्त प्रस्तावमा दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटाहरू उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउन बाटो खोलेको उल्लेख थियो । उक्त प्रस्तावमा ४६ सालपछि सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने पनि उल्लेख थियो ।

    उनीहरूबीच नोकझोँक भएको निकै लामो समय भइसकेको थियो । पार्टी भित्र चर्को मतभेद बल्झिँदै गएपछि अन्तः शर्माले पार्टी छाडे । १८ कात्तिकमा पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे, पूर्वसचिव राम कार्कीलगायत नेता–कार्यकर्तालाई छेउमा राख्दै ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरे । यो घोषणासँगै शर्माले प्रचण्डसँगको ४० वर्षे सम्बन्ध तोडेका थिए । २०४२ सालमा रुकुममा पहिलो पटक भेटेका शर्माले पछि दश वर्षे सशस्त्र युद्धका क्रममा प्रचण्ड सुप्रिम कमान्डरबन्दा ४ मध्ये एक डेपुटी कमान्डर सम्हालेका थिए । खुला राजनीतिमा आएपछि पनि निरन्तर एक अर्कालाई साथ दिएका उनीहरूबीच १८ कात्तिकमा फरक कोर्सको निर्माण भयो र त्यही दिन प्रलोपाको बीज रोपियो ।

    अलग्गै पार्टी निर्माणको बारेमा माओवादी पृष्ठभूमिका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरू सघन छलफलमा थिए । तर, भट्टराई भने यसअघि नै माओवादीबाट अलग भइसकेका थिए । उनको नेतृत्वमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) थियो । उनले समेत जेन–जी आन्दोलनपछिको माग भन्दै उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा पार्टी जिम्मा लगाए । कुनै पनि कार्यकारी भूमिकामा नरहने घोषणा नै गरे ।

    तर, जब ७ मंसिरमा प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त राखेर पार्टी खोलियो यसको चुनाव चिह्न आँखा राखिएको थियो । पार्टी दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता गरेर चुनावमा जाने तयारी समेत भयो । सोब बाबुराम नेतृत्वको दलमा थिइन् । माओवादीबाट आएका नेता किराँती र रास्वपाबाट आएका सन्तोष परियारसहितका नेताहरूलाई शीर्ष नेतृत्वमा राखेर १५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरियो, जसको अभिभावक बाबुराम भट्टराई, जनार्दन शर्मा बने । शर्मा केन्द्रीय सदस्यमा समेत बसे ।

    पार्टीमा फाटो आउनुका कारण

    २१ फागुनको निर्वाचनमा जनार्जन शर्मा एमालेसँग एकता गरेर रुकुम पश्चिममा उम्मेदवार बने । तर, उनी पराजित भए । उनले १४ हजार ३४६ मा मात्रै ल्याउन सके । भट्टराई गोरखा–२ बाट उम्मेदवार बनेपछि निर्वाचनकै दौरानमा उम्मेदवारी फिर्ता लिए । उता भोजपुरमा उम्मेदवार बन्ने तयारीमा रहेका सुदन किराँतीले श्रम संस्कृति पार्टीलाई सघाए । यी तीन नेताका निर्णय संस्थागत थिएनन् । ती केन्द्रीय सदस्यका अनुसार उनीहरूले आ–आफ्ना अक्कलले निर्णय गरेका थिए । शर्माले आफ्नो निर्वाचन क्षेत्र सुरक्षित हुने विश्वास लिएका थिए भने भट्टराईले रास्वपाको आग्रहमा उम्मेदवारी फिर्ता लिएको सर्वविदितै थियो । उता पूर्वमा किराँतीले पनि किन र के कारणले हर्कसँग गठबन्धन गरे भन्ने यथोचित कारण पार्टीमा पेस गरेका थिएनन् ।

    चुनावमा जब पार्टीले नराम्ररी पराजय बेहोर्‍यो, लगत्तै किराँतीले नैतिक रूपमा राजीनामा पठाए । उक्त पहिलो राजीनामा फागुन अन्तिम साता दिएकाे थियो । धेरै नेताहरूले आ–आफ्नो पार्टीमा जे–जे कुरामा असन्तुष्ट भएर प्रलोपामा जोडिएका थिए अन्ततः त्यही कुरा यहाँ पनि भएको बताए । भट्टराई, शर्मालगायतका नेताहरूले आफूअनुकूल पार्टी हिँडाउन खोजेपछि अध्यक्ष परिषद्मा रहेका सदस्यहरूले असन्तुष्टि राखेका थिए । अध्यक्ष परिषद्धमाथि बसेर पुरानै ढर्रामा पार्टी चलाउन खोजेपछि प्रलोपाको गति–मति बिग्रिएको ती नेताले जानकारी दिए ।

    ‘अब हामी पछि फर्किऊँ जाने ठाउँ छैन । अघि जाऊँ नेताहरू चार तिर फर्किएका छन्,’ ती केन्द्रीय सदस्यले भने, ‘अब केन्द्रीय कमिटीको बैठक राख्न माग गरेका छौँ । विस्तृत छलफल त्यहीँ गरेपछि थप निर्णय लिने तयारीमा छौँ ।’

    ती नेताका अनुसार पार्टी नेताहरूले आफू अनुकूल निर्णय गरे पनि पार्टी नीति र सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै एक अर्कामा कारबाहीको डण्डा चलाउने प्रसंग उठेको छ । पार्टी स्थापनाको छोटो समयमै नेताहरूमा तिक्तता झाँगिएपछि कसरी केन्द्रीय कमिटी बैठक राख्ने भन्ने अन्याेल बढेको हो । यही अन्याेलकाबीच कार्यकर्ताहरू भने वैकल्पिक दलतर्फ आकर्षित हुन थालेका छन् ।

    पार्टीभित्र कतिपय नेताहरूले कुलमान घिसिङ नेतृत्वको पार्टीमा समायोजन हुने बहस थालेका छन् भने कतिपय नेताहरूले हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा जान छलफल चलाएका छन् । नेता किराँती निकटहरूका अनुसार उनी हर्क नेतृत्वको पार्टीमा जान विस्तृत छलफलमा छन् । तर, उनलाई शिलापत्रले थप बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

    अन्याेलमा नेताहरू

    अध्यक्ष परिषद्कै ३ नेताले राजीनामा दिएपछि अबको पार्टीको विषय के हुन्छ भनेर हामीले केन्द्रीय सदस्य मानुषी यमी भट्टराईलाई समेत सोधेका छौँ । उनले समेत पछिल्लो समय पार्टीको अवस्थाका बारे यथेष्ट जानकारी नरहेको र विस्तृत कुरा सन्तोष परियारलाई थाहा हुने प्रतिक्रिया दिइन् ।

    त्यस्तै अर्का केन्द्रीय सदस्य एवं भक्तपुर–२ को उम्मेदवारसमेत रहेका जन्मदेव जैशीले पनि आफूले चुनावपछि केन्द्रीय जिम्मेवारीबाट राजीनामा दिएको र साधारण सदस्य मात्रै रहेको जानकारी दिए । उनले समेत आफू केही समय देशबाहिर रहेको हुँदा पार्टीको पछिल्लो गतिविधिबारे अपडेट नभएको प्रतिक्रिया दिए ।

    जुम्लाबाट उम्मेदवार बनेका अर्का केन्द्रीय सदस्य मनऋषी धितालले समेत पार्टीका बारे पूरा जानकारी नभएको र पछि विस्तृत बुझेर कुरा गर्ने प्रतिक्रिया दिए ।

    अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले भने नेताहरूले राजीनामा दिएको र त्यसको निर्णयका लागि केन्द्रीय कमिटीको बैठक राख्ने तयारी भइरहेको जानकारी दिए । संक्षिप्त कुरा गर्दै उनले भने, ‘केन्द्रीय कमिटी बैठक बस्नेछौँ र थप अघि बढ्ने बारे निर्णय लिइने छ ।’

    यसरी पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई समायोजन गर्दै प्रगतिशील लोकतन्त्रको मूल आधार स्थापित गर्न जन्मिएको प्रलोपा ५ महिना पनि नपुग्दै छिन्नभिन्न अवस्थामा पुगेको छ । पुराना दलमा हुँदा नेताहरूले जुन प्रश्न गरेर अलग्गिएका थिए, आज सोही प्रश्न र विद्रोहलाई पुष्टि गर्न सकेका छैनन् ।
    यो खबर शिलापत्रमा मिलन बुढाथोकीले लेखेका छन्।

    बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ
    विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ
    हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण
    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
    त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा
    कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    लोकप्रिय

    • १.
      मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

    • २.
      कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

    • ३.
      काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

    • ४.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • ५.
      गुण्डागर्दीको आरोपमा सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ

    • ६.
      सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

    भर्खरै

    • १.
      उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

    • २.
      विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • ३.
      हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण

    • ४.
      बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    • ५.
      त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

    • ६.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • ७.
      खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

    • ८.
      विवादमा तानिएका श्रममन्त्री दीपककुमार साह १४ दिनमै पदमुक्त

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.