आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
आज भाउ घटेर सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
कारोबार हुने हप्ताको पहिलो दिन हिजो आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको थियो । हिजो सुन तोलाको २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।