गौरी आयोगको प्रतिवेदनका आधारमा एमाले अध्यक्ष केपी ओलीलाई पक्राउ गरेपछि पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै एमाले महासचिव शंकर पोखरेलले ओलीलाई तत्काल रिहा गर्नुपर्ने बताएका छन् ।
Advertisement
उनले भनेका छन्, “पूर्वाग्रह र बदला लिन खोज्ने राजनीति अन्ततः राष्ट्रकै लागि महँगो सावित हुन्छ,” पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर ओली पक्रा पछी समर्थकहरूले कानुनी प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिँदै राजनीतिक हस्तक्षेपको आशंका नगर्न आग्रह गरेका छन् ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस अनुसार पक्राउ गरिएको छ ।