रुकुम पश्चिम। नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक गतिविधि र पछिल्लो राजनीतिक अवस्था प्रती असन्तुष्ट जनाउँदै राष्ट्रिय युवा संघ रुकुमका अध्यक्ष तथा आठबिसकोट नगरपालिका–९ का वडा सदस्य नवराज मल्लले एमाले पार्टी परित्याग गरेका छन्।
मल्लले सामाजिक संजालमा एक भिडिओ जारी गर्दै लामो समयदेखि पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि, नेतृत्वप्रति असहमति तथा स्थानीय तहमा जनअपेक्षाअनुसार काम गर्न नसकिएको कारण आफूले पार्टी त्याग्ने निर्णय गरेको बताएका छन्।
उनले भने, “जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा लागे पनि पार्टीभित्रको कार्यशैली र निर्णय प्रक्रियाले निराश बनायो। त्यसैले आजदेखि मैले एमालेसँगको सम्पूर्ण सम्बन्ध तोडेको छु।” स्वतन्त्र रहेर पनि जनताको सेवा गर्न सकिने हुँदा अब म जनसेवामा लाग्ने छु ।
मल्ल गएको स्थानीय तहको निर्वाचनमा आठबिसकोट नगरपालिका–९ मा एमाले- काँग्रेसको गठबन्धन बाट वडा सदस्यमा निर्वाचित भएका थिए। एमालेको साधारण सदस्य समेत नरहने गरि उनले पार्टी परित्याग गरि दलभन्दा माथि उठेर विकास र जनसेवामा केन्द्रित हुने धारणा राखेका छन्।