साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ४ हजार ६०० रुपैयाँले घटेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ४ हजार ६०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ८१ हजार कायम भएको छ।
Advertisement
अघिल्लो दिन बिहीबार २ हजार ९०० रुपैयाँले घटेर एक तोला सुनको भाउ २ लाख ८५ हजार ६०० पुगेको थियो। त्यसअघि बुधबार एकैदिन १४ हजार ६०० रुपैयाँले बढेर तोलाको २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।