नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार बिहीबार प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
Advertisement
यस्तै आज चाँदीको मुल्य प्रतितोला १ सय १५ रुपैयाँले घट्दै ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि नेपाली बजारमा चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भईरहेको थियो ।