रुकुमपूर्व, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले निर्वाचित हुनु भएको छ । प्रत्यक्ष तर्फको आज शुक्रबार बिहान देखि मतगणना गरिएको थियो ।
३४ हजार ७ सय ७२ मतदाता रहेको यस जिल्लामा १९ हजार १ सय ८८ मत खसेको थियो । जसमा प्रचण्डले १० हजार २ सय ४० मत लिएर विजय हुनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत लिनुभएको छ । प्रचण्डले ६ हजार ७ सय ७८ मतान्तरले विजय हुनुभएको हो ।
यसैगरी नेपाली काँग्रेसका सुकुस थापाले ३ हजार ८१ मत, रास्वपाका लखन थापाले ८ सय १९ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी राप्रपाका रोशन शाहले ८२ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले ३२ मत, प्रलोपाका सन्दिप पुनले २ सय ३ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योती रोकाले ५५ मत, नेशनल रिपब्लिकका धर्मकुमार बुढाले ५१ मत, नेकपा माओवादी जुद्धबहादुर बुढाले १ सय ९१ मत र जसपाका सिरबहादुर बुढाले ३० मत लिनुभएको छ ।
सदर मत १८ हजार २ सय ४६ र बदर मत ५ सय ६३ रहेको छ ।
अब समानुपातिक तर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।