काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागी रुकुम पश्चिमका उम्मेदवार गोपाल शर्माले आजको संघीय लोकतान्त्रिक गणतन्त्र अधिकारको बीउ सहिदहरूले रोपेको बताएका छन् ।
सहिद परिवारलाई सम्मान कार्यक्रम मा बोल्दै शर्माले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा संघीय लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ सहिदहरूले रोपेको उल्लेख गरेका हुन् ।

” class=”alignnone size-medium wp-image-14611img-responsive” />
देशको लागि रगत बगाएका सहिदहरुलाई कहिल्यै नभुल्ने भन्दै उनले सहिदको रगत खेर जान नदिने बताए । नेपाली कम्युनिस्ट पार्टी आठबिसकोट नगर समिती द्वारा आयोजित सहिद परिवार लाई सम्मान कार्यक्रममा आठबिसकोटका २७ जना सहिद परिवारलाई सम्मान गरिएको थियो ।
शर्माले सहिदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिबद्धता जनाएका छन् ।