रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नमवर ६ मा ट्याक्टर दुर्घटना भएको छ ।
Advertisement
गएराती ११ बजेको समयमा शान्तीबजारमा बालुवा लोड गरेर चौरजहारीबाट खोलागाउँतर्फ जाँदै गरेको रा १ त ५०५० नम्वरको ट्याक्टर स्थानीयको घरमा ठोक्किएको वडा अध्यक्ष जय प्रकाश बोहराले जानकारी दिनुभयो । ट्याक्टर स्थानीय झुपबहादुर बोहराको घरमा ठोक्किएको हो ।
ट्याक्टरले घरमा क्षती गरेको छ । तिब्र गतिमा रहेको ट्याक्टर घरभित्रै छिरेको तर कुनैपनि मानविय क्षती नभएको अध्यक्ष बोहराले जानकारी दिनुभयो ।
चालकले मदिरा सेवन गरेको कारण सडक भन्दा बाहिर ट्याक्टर गएर घरमा ठोक्किन पुगेको बताईएको छ ।