रुकुम पश्चिमको आठविसकोट नगरपालिका १२ का नेपाली काग्रेसका पुर्व वडा अध्यक्षसहित ६ जनाले नेपाली कम्युष्टि पार्टीमा प्रवेश गरेका छन् । २०५६ सालमा काग्रेसबाट वडा अध्यक्षमा निर्वाचित जोख बहादुर पुन सहित ६ जनाले नेकपामा प्रवेश गरेका हुन ।
आठविसकोट १२ मा आज भएको चुनावि कार्यक्रममा नव प्रवेशीहरुलाई नेकपा रुकुम पश्चिमबाट प्रत्यक्षका उम्मेदवार गोपाल शर्मा, नेताहरु वसन्त शर्मा, महेन्द्र केसी लगाएतले स्वागत गरेका थिए । काग्रेसबाट अर्जुन पुन, एमालेबाट धनजित पुन, नविन पुन, धन बहादुर पुनले प्रवेश गरेका छन ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिदैं गर्दा रुकुम पश्चिमसहित देशभर नेकपा प्रवेशको लहर बढी रहेको छ । विभिन्न पार्टी छोडेर नेकपामा प्रवेश गर्ने लहर थप तिव्र बनेको छ । यसैक्रममा एमालेका स्थापित नेता एवं राष्ट्रिय शिक्षक संगठनका पुर्व केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश ईन्चार्ज संगम केसी, राष्ट्रिय शिक्षक संगठन रुकुम पश्चिमका सचिव टिकाराम बिष्ट, जिल्ला सदस्य पैल बहादुर घर्तिले पनी नेकपामा प्रवेश गरिसकेका छन ।