रुकुम पश्चिम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्माले गाउँ,गाउँका समस्या प्रत्यक्ष रुपमा सङ्कलन गरी केन्द्रसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले “गाउँबाट काम लिएर सिंहदरबार जाने र समाधान खोजेर गाउँ फर्किने” आफ्नो मुख्य एजेन्डा रहेको बताएका हुन्।
चुनावी भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा बोल्दै शर्माले विगतमा जनप्रतिनिधि र नागरिकबीच देखिएको दूरी अन्त्य गर्ने दाबी गर्दै “जनताको समस्या कागजमा मात्र सीमित हुँदैन, त्यसको व्यवहारिक समाधान खोज्नुपर्छ,” उनले भने, “म जनताको आवाज बनेर सिंहदरबार पुग्नेछु र समाधान लिएर मात्रै गाउँ फर्किनेछु।”
उनले रुकुमका मुख्य समस्या—खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र रोजगारी लाई प्राथमिकतामा राखेर काम गर्ने बताए। स्थानीय विकासका योजनाहरूलाई केन्द्र सरकारसँग समन्वय गरी छिटो कार्यान्वयन गर्ने उनको दाबी छ ।