स्थानीय बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ६ हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १०० रूपैयाँले घट्दै ३ लाख ६ हजार ५०० रूपैयाँमा झरेको हो ।
Advertisement
तर आज चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढ्दै ५ हजार ३४० रूपैयाँ पुगेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २९० रूपैयाँमा कारोबार भएको थियो ।