काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर सुवास बिस्टविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
Advertisement
गोदावरी नगरपालिका, ललितपुरमा करार इन्जिनियर पदमा कार्यरत बिस्टविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
आरोप अनुसार विष्टले सार्वजनिक पदमा रहँदा आफ्नो वैध आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको देखिएको छ । अनुसन्धानका क्रममा उनको आय-व्यय विवरणमा असन्तुलन भेटिएपछि बिगो रु. १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।