नेपालि कम्युनिस्ट पार्टी रुकुम पश्चिम बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार गोपाल शर्मा अनलले निष्ठा,इमानदारी र जनता प्रतिको उत्तरदायित्व नै आफ्नो पहिचान भएको बताएका छन् । गृहनगर चौरजहारी नगरपालिका अन्तर्गत आफ्नै जन्मथलो ५ नम्बर वडाको खहरे शहिद पार्कमा भएको चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन।
जनभेटघाटमा उनले भने ,म ४८ बर्ष को भए,मैले यहि ठाँउबाट १२ बर्षकै उमेरमा कम्युनिस्टको झन्डा बोकेको आज ३४ बर्ष भयो,म अहिलेसम्म कतै गिरेको छैन ।
आफू लगायत ३/४ जनाले ५ नम्बर वडामा कम्युनिस्टको बिजारोपन गरेको स्मरण गर्दै उम्मेदवार शर्माले भने, आज सम्म निरन्तर कुनै पनि कुलतमा नलागेको र जनताको शिर निहुरिने काम नगरेको दाबी गरे ।
आफ्ना प्रतिस्पर्धी उम्मेद्वार तर्फ लक्षित गर्दै यहि पार्टी बाट निरन्तर अवसर लिने,चुस्ने र जनतालाई धोका दिएर भाग्ने छुट कसैलाई नभएको इङ्गित गर्दै ,आफुले कहिल्यै पनि फुलि नबेचेको र अब जनताकै सल्लाह बमोजिम जनताको सेवक बन्ने उल्लेख गरे ।