रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ३ स्थित हाईबाङमा रुखले च्यापिँदा एक बालकको मृत्यु भएको छ । आज बिहान खेल्ने क्रममा झुलनेटा–खुम्चेरी जोड्ने निर्माणाधीन नयाँ भित्री सडक खण्डमा रुखले च्यापिदा बालकको मृत्यु भएको हो ।
Advertisement
रा १ क १०१७ नम्बरको स्काईभेटरले सडक निर्माणका क्रममा रुख ढालेर सडकको छेउमा राखिएको रुख ढलेर च्यापिदा जिल्लाको त्रिवेणी गाउँपालिका–३ हाईबाङ बस्ने लोकबहादुर ओलीका ८ वर्षीय छोरा मनोज ओली रुखले च्यापिएर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि मुसिकोट सल्ले अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्काभेटर चालक लाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भैरहेको छ ।