पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका उच्च पहाडी तथा हिमाली भागमा कतै हल्का वर्षा त कतै भारी हिमपात भइरहेको छ ।
Advertisement

हिउँ परेको कारण बागलुङ र पूर्वी रुकुमको सिमानामा पर्ने भुमे गाउँपालिका वडा नम्बर–१ पातिहाल्ने क्षेत्रमा मध्य पहाडी लोकमार्ग अन्तर्गतको सडक खण्ड बिगत १४ घन्टा देखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय पुर्वी रुकुम र बाग्लुङ दुबै तर्फ सम्पर्क गर्दा सडक खुलाउने कार्य चलिरहेको बताइए पनि लामो समय देखि सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन ।