राष्ट्र , राष्ट्रियता , धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अभियान्ता दुर्गा प्रसाईं पोखरा बाट पक्राउ परेका छन ।
Advertisement
निर्वाचन आयोग र काङ्ग्रेस महाधिवेशनलाई जोडेर पत्रकार सम्मेलन गरि प्रसाइले दिएको अभिव्यक्ति भ्रामक र झुटो भन्दै गम्भीर आरोप लगाइएकोमा अनुसन्धान गर्न निर्वाचन आयोगले साइवर व्यूरोलाइ आइतबार निर्देशन दिएको थियो ।
प्रसाईलाई पक्राउ गर्नको लागि आइतबार नै साइवर व्यूरोले पक्राउ पुर्जी जारी गरिसकेको थियो भने आज एक कार्यक्रमको लागी पोखरा आएका उनलाई कार्यक्रम सकिए लगत्तै कास्की जिल्ला प्रहरीले पक्राउ गरेको हो ।
कास्की जिल्ला प्रहरीका डि.एस.पि. हरिबहादुर बस्नेतले काठमाण्डौ बाट उपस्थिति गराउन भनी पत्र आइसकेको हुँदा प्रसाईलाई नियन्त्रणमा लिएको जानकारी दिँदै तुरुन्त काठमाण्डौ पठाउने तयारी रहेको बताएका छन ।