काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली काँग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो ।
Advertisement
आयोगले बुधबार विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वलाई वैधानिकता दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। अब सभापति थापा नेतृत्वको कांग्रेसले रुख चुनाव चिह्न र चारतारे झन्डासमेत पाउने भएको छ।
यता सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने आधिकारिकता नपाएमा आफूहरू देशव्यापी आन्दोलनमा जाने घोषणा गरेको थियो।