• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

आज बढ्यो सुनको मूल्य

जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

“यात्राको अर्को अध्याय” -सपना न्यौपाने

आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

लोकप्रिय समाचार

  • १. श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

  • २. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ३. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ४. सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

  • ५. गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

  • ६. फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

  • ९. आज यी ठाउँमा भारी वर्षा हुने

  • १०. “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

"यस्तो भन्छन एमाले अध्यक्ष देवकोटा ? "

  •   शनिबार, माघ ०३, २०८२ मा प्रकाशित
  • आगामी फागुनमा हुने निर्वाचनका लागि बिभिन्न राजनीतिक दलहरुले चुनावी गतिविधि लाई तीव्र पारेका छन्। प्रतिनिधिसभा बिघटन पछि चुनावको मिति तोकिए सँगै दलहरु चुनावी दौडमा छन्। चुनावी सहकार्य र गठबन्धनका लागी प्रस्ताव र वार्ता गरिरहेका छन्। केहि महिना अघि माओवादी छोडेर नयाँ दल खोलेका जनार्दन शर्मा र एमाले अध्यक्ष केपी ओली विच भएको भेटलाई केही समाचार स्रोतहरूले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी सहकार्यको प्रस्ताव राखेको दाबी गरेका छन्।

    Advertisement

    स्रोतका अनुसार शर्मा र ओलीबीच वार्ता भएको, र एमालेले केही क्षेत्रमा सहयोग/सहकार्यको सकारात्मक दृष्टिकोण देखाएको भन्दै चर्चा भइरहेको छ, विशेषगरी रुकुम पश्चिम बारे धेरै टिप्पणी भैरहेको छ। धेरैले यतिबेला चुनावी सहकार्य गर्ने र शर्माले एमालेको चुनाव चिन्हबाट चुनाव लड्ने भनेर दाबी गरिरहेका बेला दुवै पक्ष बाट औपचारिक निर्णय सार्वजनिक गरिएको छैन।

    केपी ओली र जनार्दनको भेट पछि तरंगित बनेको राजनीतिक माहोला बारे उज्यालोपाटीका गण्डकी प्रदेश प्रमुख सुजन विश्वकर्माले नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नादराम देवकोटालाई के एमाले सूर्य चिन्ह प्रलोपालाई दिन तयार छ ? भनेर प्रश्न सोधेका छन्।

    देवकोटा भन्छन , केही सामाजिक सञ्जाल वा अर्ध-आधिकारिक स्रोतहरुमा यस्तो प्रचार भएको छ कि:एमाले अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई सूर्य चिन्हबाट चुनाव लड्न सहयोग/प्रस्ताव गरेको भनेर भनिएको छ।जनार्दन शर्मा र केपि ओलीको भेटवार्ता नितान्त वर्तमान समयका समसामयिक विषयमा छलफलको लागि भएको हो । जसमा आ-आफ्नो पार्टीका पक्ष बाट के कस्तो तयारी रहेको छ भन्ने बारे बढी कुरा भयो । सबै मिलेर जानुपर्छ , सहकार्य गर्नुपर्छ भन्ने सन्दर्भ पनि जोडिएको हो। यसका लागि हाम्रो अध्यक्ष ज्यू पनि सकारात्मक नै हुनुहुन्छ तर यी सबै निर्वाचन केन्द्रित प्रसंगमा मात्रै हुन ।

    त्यसो भए रुकुममा प्रलोपा सँग गठबन्धन हुँदैन ?

    पहिलो त सबैको सहकार्यमा चुनाव गराउन पर्छ भन्ने कुरा प्रमुख हुन । एउटै चुनाव चिन्ह बाट निर्वाचनमा जाने भन्ने कुरा चाहिँ जनार्दन शर्माले प्रस्ताव गर्नुभएको पनि होइन र केपि शर्माले सहमति गर्नुभएको पनि छैन । दुई जनाको भेटलाई लिएर शंका आशंकाहरुलाई प्रत्सोहान गरि मिडियाहरुमा अनावश्यक भ्रम फैलाइएको मात्रै हो । मैले स्वयं अध्यक्ष केपि शर्मा ओली र सचिवालयसँग पनि यसबारे बुझेको छु। कहिँ कतै बाट यो सन्दर्भ आधिकारिक नभएको पुष्टि भएको छ । गठबन्धन हुने र उहाँ लाई सुर्य चिन्ह वाट चुनाव लडाउने धेरै टाढाको कुरा हो।

    विवादित पृष्ठभूमिका नेतासँग सहकार्य गर्दा एमालेको छवि कसरी जोगिन्छ?

    हामी एक्लै चुनाव लड़नेमा ढुक्क छौँ। सहकार्य गर्नुपर्ने भएमा एमालेका नेताकार्यकर्ता को भावना विपरित जादैनौं। मतदाताको भरोसा कुनै पनि राजनीतिक दलको सबैभन्दा ठूलो पूँजी हो। विवादित व्यक्तिसँग सहकार्य गर्दा “सिद्धान्तभन्दा सत्तालाई प्राथमिकता दिइयो” भन्ने सन्देश गयो भने दीर्घकालमा मतदाताको भरोसा कमजोर बन्न सक्छ। अल्पकालीन राजनीतिक फाइदाका लागि दीर्घकालीन छविमा क्षति पुग्नु स्वीकार्य हुँदैन।

    केन्द्रमा पार्टीले प्रलोपा सँग सहकार्य गरेर रुकुममा जनार्दनलाई उम्मेदवार बनायो भने ?

    भोलिको दिनमा माहोल परिस्थिति र आवश्यकता अनुसार जे पनि हुन सक्ला तर हामी अहिलेसम्म एकल तयारी गरिरहेका छौँ। कुनै पनि दल वा व्यक्तिसँग सहकार्य गरेर चुनावमा जाने भन्ने कुरा अहिलेसम्मलाई छैन । हामी जनतासँगै छौ। जनताकै सेवा गरिरहेका छौँ। राष्ट्रको लागि एमाले नै हो,भन्ने जनविश्वास बिगतमा भन्दा अहिले बढेको छ। त्यसैले हामी थप जनप्रिय भएर अगाडि आउने अभ्यासमा छौँ। जहाँसम्म प्रलोपा सँग सहकार्य गरेर चुनावमा जाने भन्ने कुरा बाहिर आएको छ। त्यो सम्भव छैन। किनकि प्रलोपामा जनार्दन एक्लै पनि हुनुहुन्न त्यहा डा.बाबुराम भट्टराई पनि हुनुहुन्छ र उहाहरु आफै कम्युनिस्ट बन्न र देखिन नसकिरहेको बेला एमालेले सहकार्य गरेर जाने भन्ने कुरा हुँदैन हामी एक्लै नै जान्छौँ ।

    • एमाले प्रलोपा
    • जनार्दन शर्मा
    शनिबार, माघ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना
    आज बढ्यो सुनको मूल्य
    जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
    प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…
    “यात्राको अर्को अध्याय” -सपना न्यौपाने
    आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    लोकप्रिय

    • १.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ४.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ५.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    • ६.
      फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

    भर्खरै

    • १.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • २.
      आज बढ्यो सुनको मूल्य

    • ३.
      जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

    • ४.
      प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

    • ५.
      “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

    • ६.
      आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    • ७.
      श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

    • ८.
      देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.