काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा विच भेट भएको छ। भक्तपुरको गुण्डुमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका शर्माले रुकुम पश्चिममा चुनावी तालमेलका लागी सहकार्य गर्ने प्रस्ताव राखेको स्रोतले बताएको छ।
Advertisement
केहि महिना पहिले नेकपा माओवादी छाडेर प्रलोपाको संरक्षक बनेका नेता शर्मा रुकुम पश्चिमबाट आगामी चुनावका लागी एकल सिफारिस भएका छन्। प्रचण्डले रुकुम पश्चिममा गएर नेता शर्मालाई भगौडा भनेका थिए। त्यस यता उनी नेकपा अध्यक्ष ओली सँग भेट गरेका छन्।
शर्माले ओली सँग रुकुममा चुनावी सहकार्य गर्ने प्रस्तावमा ओली सकारात्मक रहेको बुझिएको छ। शर्माले पार्टी छोडेपछि अहिले रुकुममा चुनावी प्रतिस्पर्धा तिव्र रुपमा देखिएको छ।