वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ घर भएकी हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु, रुकुम पश्चिम मुसिकोट नगरपालिका-१० घर भएका हाल काठमाडौँ तारकेश्वर नगरपालिका-५ बस्ने ३० वर्षीय अभिशेष कराला, अर्घाखाँची मालारानी गाउँपालिका-१ घर भएका हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-७ बस्ने४६ वर्षीय चेतनारायण आचार्य, काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-७ घर भएका हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४९ वर्षीय रेशम लाल लामा तामाङ र काठमाडौँ नागार्जुन नगरपालिका-६ बस्ने ४२ वर्षीया निलिमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।
सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा उनीहरूलाई विभिन्न स्थानबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।