नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ ।
Advertisement
प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर बुधवार प्रतितोला सुन २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सोही सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३ सय १५ रुपैयाँले बढेर आज ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सोही चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।