नेपाली कम्युनिष्ट पार्टीका नेता गोपाल शर्माले रुकुम पश्चिममा पार्टीले आयोजना गरेको एकता सन्देश सभा मात्रै नभएर धोकेवाजका विरुद्धमा खबरदारी सभा भएको बताएका छन्। शर्माले सदरमुकाम मुसिकोटमा नेकपा रुकुम पश्चिमले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
रुकुमका जनता क्रान्तिक्रारी एकता र गद्धारको विरुद्धमा रहेको भन्दै उनले जनार्दन शर्माले जनतालाई ढोका दिएका कारण आफुहरु एकताको पक्षमा उभिएको बताएका छन्। शर्माले भने, जनताको भाव बुझेको भए आज भुतपुर्व कमरेड जनार्दन प्रभाकर नै हुनुहुन्थ्यो तर अब उहा जनार्दन मात्रै हुनु भयो। जनार्दनले बाटो बिराएर हिडेको भन्दै उनले नेपाली कम्युनिष्ट पार्टी मै फर्कन आग्रह गरे।
रुकुमको विकास कुनै नेताले नगरेको भन्दै रुकुमका जनता र सबैको सामुहिक नेतृत्व बाट भएको बताए । उनले भने ४ चोटी जनार्दनले चुनाव लड्दा मैले धेरै योगदान गरेको छु। हामी सबैले गरेको विकास जनार्दनले नै गरेको भनेर हामीले प्रचार गर्यौ। कार्यक्रर्ताको भावना बुझेर पार्टीमा फर्किन आग्रह गर्दै उनले भने अब उहाले मलाई भोट हान्लुपर्छ।